

४७ केजी अवैध चाँदीका गरगहनासहित ३ जना पक्राउ

काठमाडाैं – काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले ४७ किलो चाँदीको गहनासहित ३ जनालाइ पक्राउ गरेको छ ।
राजधानीको भोटेबहाल, कोटेश्वरलगायतका बिभिन्न ठाँउमारा जश्व छलि गरि बिल-बिजक बिनाचाँदीका गरगहनाहरु भण्डारगरी बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालयबाट खटिएको बिशेष अनुसन्धान टोलिले मिती २०८०।०९।२२ गते १६:०० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा.२१भोटेबहाल, कोटेश्वर लगाएतका ठाँउहरुबाट चाँदीका विभिन्न गरगहनाहरु बरामद गरी उक्त कार्यमा संलग्न ३ जना लाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा बाराका कामेश्वर शाह, जिल्ला पर्सा,विरगंञ्ज म.न.पा. वडा नं.०३ का सुमन कुमार सरार्फ र जिल्ला बारा,बिश्रामपुर गा.पा. वडा नं.०५ का मनिष सरार्फ रहेका छन् ।
साथै निजहरुले राजश्व छलि गरि बिल-बिजक बिना चाँदिको गरगहनाहरुको कारोवार गरेको हुदाँ निजहरुलाई राजस्व छली सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुर पठाईएको प्रहरीले जनाएको छ ।

