पाँच वर्षीया बालिका बलात्कृत, २१ वर्षीय युवक पक्राउ


उदयपुर- उदयपुरमा पाँच वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । बेलका नगरपालिका–२ झण्डीपुर बस्ने २१ वर्षीय दिपन मगर बलात्कार आरोपमा पक्राउ परेका हुन् ।

गत बुधबार दिउँसो ती बालिकालाई करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय ठोक्सिला र प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले उनलाई हिजो नियन्त्रणमा लिएको हो ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया