ढुंगाले हानेर वृद्धाको हत्या, २ घाइते, एकको अवस्था गम्भीर


म्याग्दी – म्याग्दीको मालिकामा धारिलो ढुंगाको प्रहारबाट एकजनाको हत्या भएको । मालिका गाउँपालिका–७ मा शनिबार दिउँसो धारिलो ढुङ्गा (छपनी) को प्रहार गरेर ७० वर्षीया मनिषा गर्बुजाको हत्या भएको छ भने दुई जना घाइते भएका छन् ।

ढुंगाको प्रहारबाट मनिषाकी सात वर्षीया नातिनी प्रियङ्का गर्बुजा र छिमेकी ६६ वर्षीया अमृता जुग्जाली घाइते भएका छन् ।

घटनास्थलमा पुगेका डीएसपी कुँवरले हत्यामा संलग्न व्यक्तिको पहिचान र खोजी भइरहेको बताए ।

मनिषालाई छपनी प्रहार गरेको देखेर बचाउन गएका प्रियङ्का र अमृतालाई आक्रमणकारीले चिर्पट प्रहार गरेर घाइते बनाइ भागेका स्थानीयको भनाइ छ ।

प्रियङ्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत अध्ययन र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया