
अनलाईनमार्फत ठगी गर्ने भाग्यनारायण पक्राउ
काठमाडौं – अनलाइनबाट नम्बर पत्ता लगाइ एसएमएसमार्फत बैंकको खाताबाट रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पिडितले प्रयोग गर्ने मोबाइल नम्बरमा Unknown Source भएको ULR Link SMS मार्फत पठाई सोहि लिंकको Access लिई पिडितको बैंक खातामा अनाधिकृत रुपमा पहुँच पुर्याई खातामा भएको मौज्दात रकम अन्यत्र बैंक खाता तथा वालेटमा ट्रान्सफर गरी रकम लिई अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न जिल्ला धनुषा जनकपुर उ.प.म.न.पा. वडा नं. १४ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३२ जडिबुटी बस्ने बर्ष २१ को भाग्य नारायण यादव पक्राउ परेका हुन् ।
उनलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौं पठाईएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जनाए ।



कागजपत्र |
