कुलेश्वरबाट लागुऔषध कारोबारमा संलग्न पाँच जना पक्राउ


काठमाडौं- काठमाडौंका कुलेश्वरबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा नुवाकोटको बेलकोट– ७ घर भएका २४ वर्षीय नुरप्रसाद खतिवडा, काठमाडौंको दक्षिणकाली नगरपालिका– ८ का २५ वर्षीय प्रकाश लामा, सिन्धुपाल्चोक टौथलीका किरण थामी, काभ्रेका सुमन पहरी र मकवानपुरअनिल ब्लोन रहेका छन् ।

अवैध लागुऔषध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा चेकजाँचका क्रममा उनीहरुको साथबाट लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट नुर्फिन ८४ थान, फेनेरोगाम ८४ थान, डाईजोपाम ८४ गरी जम्मा २ सय ५२ थान लागूऔषध बरामद भएको छ । त्यसैगरी, उनीहरुको साथबाट प्रहरीले ८ थान मोबाईलसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया