

टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

काठमाडौं- नेपालको पहिलो राइडसेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय काठमाडौं टेकुको टोलीले भट्टलाई बिहीबार पक्राउ गरेको हो ।
उनीमाथि टुटल बिक्री गरेर आएको रकम संस्थाका अन्य साझेदारहरूलाई नदिइ आफैँले लिएको आरोप छ ।
सोही आरोपमा उनीमाथि प्रहरीमा निवेदन परेको थियो ।

