काभ्रेमा बाघले खाएको भनिएकी महिलाको हत्या आशंका, किशोर पक्राउ


काभ्रे- गत मंसिर ३० गते मृत अवस्थामा फेला परेकी मण्डनदेउपसर नगरपालिका–१० हल्देकी कान्छी दमाईको हत्या भएको आशंका गरिएको छ । उनको हत्या गरेको आशंकामा १७ वर्षीय किशोर पक्राउ परेका छन् ।

दमाईको शव घरबाट ४०० मिटर उत्तरतर्फ छिमेकीको बारीमा फेला परेको थियो । स्थानीयबासीले उनको मृत्यु बाघको आक्रमणबाट भएको आशंका गरेका थिए । प्रहरीले उनको शव पोष्टमार्टमका लागि धुलिखेल ल्यायो । तर, उनको मृत्यु गहिरो चोटका कारण भएको पोष्टमार्टम रिपोर्टबाट थाहा भएको थियो ।

त्यसपछि अनुसन्धान गर्दै जाँदा मृतकले लगाएका गहना बेच्ने सोही ठाउँका १७ वर्षका वुद्ध तामाङ पक्राउ गरेको प्रहरीले जनाएको छ । कान्छी दमाईले लगाएको गहना बेच्ने क्रममा उनलाई पुस १३ गते नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया