कुवेत पठाईदिन्छु भन्दै २ लाख ठगी गर्ने जुनु पक्राउ


काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कुवेत पठाईदिने भन्दै २ लाख ठगी गर्ने तेह्रथुमकी जुनु तुम्बाहाङ्फेलाई पक्राउ गरेको छ ।

जुनुले कुवेत पठादिन्छु भन्दै रस्मिता भुलोनलाई ६ लाख ५० हजार लाग्ने सुरुमा २ लाख दिनुपर्ने बताउँदै पटकपटक गरेर रकम लिएपछि सम्पर्कबिहीन रहेर फरार रहेकोले प्रहरीले पक्राउ गरेको हो ।

उनलाई राजधानीको गौशालाबाट पक्राउ गरि थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया