

अपहरणको आरोपमा चाबहिलबाट चार जना पक्राउ

काठमाडौं – एक पुरुषलाई अपहरण गेको आरोपमा चाबहिलबाट चार जना पक्राउ परेका छन् ।
काठमाडौं जिल्ला परिसरबाट खटिएको प्रहरीले रसुवा घर भएका एकजना पुरुषलाई अपहरण गरेको आरोपमा चार जनालाई पक्राउ गरेको जनाइएको छ । मङ्सिर १० मा भएको भनिएको अपहरण प्रकरण पीडितले प्रहरीलाई खबर गरेपछि मात्रै बाहिरिएको हो ।
रसुवाका हिस्सीछायाँ तामाङ अपहरणमा परेका हुन् । उनले आफूलाई अपहरण गरेर बौद्ध हुँदै जङ्गलमा लगेर फिरौती लिएर छाडेको दाबी गरेका छन् । आरोपीहरूले साढे १३ लाख फिरौती लिएपछि छाडेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
अपहरणमा संलग्न आशङ्कामा ४ जनालाई सोधपुछ गर्न नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताए । उनले भने–‘लेनदेन विवाद भएको देखिन्छ, हामी अनुसन्धान गर्दैछौं ।’

