काठमाडौंको कालिका पार्कमा १५ वर्षीया किशोरी बलात्कृत


काठमाडौं- काठमाडौंमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका-२ भंगाल डेरा गरी बस्ने उदयपुर घर भएका २४ वर्षीय दिल बहादुर तामाङ रहेका छन् । उनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

तामाङले ती किशोरीलाई  भंगालस्थित कालिका पार्कमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया