एम्बुलेन्समै गाँजा तस्करी


धनकुटा- एम्बुलेन्समा राखेर तस्करी गर्न लागिएको २ सय ६६ किलो ४ सय ग्राम गाँजा प्रहरीले बरामद गरेको छ । प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित चताराबाट मे १ च ५११ नम्बरको एम्बुलेन्ससहित उक्त परिमाणको गाँजा बिहीबार बरामद गरेको हो ।

एम्बुलेन्स चालक र तस्करीमा सम्लग्न व्यक्ति प्रहरीलाई देख्नासाथ फरार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नविनकृष्ण भण्डारीले बताए । उनको खोजी कार्य भइरहेको डिएसपी भण्डारीले बताए ।

सुनसरी, उदयपुर र धनकुटाको सीमावर्ती सप्तकोशी नदी हुँदै चताराको उत्तरी क्षेत्रबाट गाँजा ल्याइएको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया