

पोखरामा पत्नी हत्याको आरोपमा पति पक्राउ

पोखरा- पोखरामा आज दिउँसो एक महिलाको हत्या भएको छ । म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका- ७ ताकम घर भई हाल पोखरा महानगरपालिका- २९ नौबिसे बस्दै आएकी ३९ वर्षकी रेखा घर्तीको हत्या भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
रेखाको हत्या आरोपमा उनका श्रीमान् ३६ वर्षका रत्नबहादुर घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
दिउँसो घरायसी झगडामा रत्नबहादुरले श्रीमती रेखाको तोरी बारीको कान्लामा घाँटी थिचेर हत्या गरेको आरोप छ ।

