मोरङबाट झन्डै २० लाखसहित एक जना पक्राउ


मोरङ – मोरङमा स्रोत नखुलेको १९ लाख ९० हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन्।

सुनसरी देवानगन्ज गाउँपालिका-५ बस्ने ४९ वर्षीय सुरेन्द्रप्रसाद साह पक्राउ बुधबार बेलुका परेका हुन्।

विराटनगर महानगरपालिका-६ केशलिया मार्गमा को ७ प ५२२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले पक्राउ गरेको हो।

मोरङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रन्जन कुमार दाहालका अनुसार ‘अवैध हुण्डी कारोबारलाई नियन्त्रण गर्न जिल्ला प्रहरीले चलाएको अपरेसनमाबाट उनलाई पक्राउ गरिएको हो।

साहबाट बरामद गरिएको नगद र मोटरसाईकलसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसान्धान कार्यालय इटहरी सुनसरी पठाइएको डिएसपी दाहालले जानकारी दिए।

 

प्रतिक्रिया