हलिउड अभिनेता डिजेलमाथि यौन दुर्व्यवहारको मुद्दा


काठमाडौं- ‘फास्ट एन्ड फ्युरियस’ सिरिजका अभिनेता विन डिजेललाई यौन दुर्व्यवहारको आरोप लागेको छ ।

यौन दुर्व्यवहारको आरोपमा उनीविरूद्ध लस एन्जिल्स उच्च अदालतमा बिहीबार एस्टा जोनासनले मुद्दा दर्ता गरेकी हुन् ।

अभिनेताले गलत तरिकाले आफूसँगको करार रद्द गरेको मामिलामा पनि उनले मुद्दा हालेकी छिन् । आफूमाथि दूरव्यवहार गरेको केही घण्टाभित्रै डिजेलको कम्पनीले आफूलाई कामबाट निकालेको उनको भनाई छ ।

मुद्दा बिहीबार लस एञ्जलसमा दायर भएको छ । यो घटना फाष्ट फाइभको शूटको दौरान अटलान्टाको सेन्ट रेगिज होटेलमा भएको बताइएको छ ।

प्रतिक्रिया