
प्रहरीको एसपी बढुवाका लागि सिफारिस, को हुने भए त डिएसपीबाट एसपी ? (सूचनासहित)
काठमाडौं – नेपाल प्रहरीको प्राविधिकतर्फ प्रहरी उपरिक्षक (एसपी) का लागि बढुवाको सिफारिस गरिएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्राविधिक प्रहरी समूह इन्जिनियरिङ उपसमूहको सूचनाप्रविधि तर्फ रिक्त रहेको एसपीका लागि सोही समूहका डिएसपी दिपकराज अवस्थीलाई सिफारिस गरिएको छ ।
त्यसैगरी प्राविधिक तर्फ नै प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डिएसपी) का लागि शम्भुराम कोइरी सिफारिस भएका छन् ।



कागजपत्र |
