

त्रिभुवन विश्वविद्यालयले बनायो विश्व रेकर्ड

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर कीर्तिमान बनाएको छ । एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएकोमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ ले विश्वविद्यालयलाई प्रमाणपत्र दिएको हो ।
यो वर्ष त्रिविबाट ७३ हजार सात सय ४९ विद्यार्थी दीक्षित हुन योग्य थिए । आज साेमवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएको ४९ औँ दीक्षान्त समारोहमा १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका विश्वविद्यालयले जनाएको छ ।
गत वर्ष १० हजार तीन सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए ।

