काठमाडौंको एक घरबाट ४ लाख बराबरको चोरी


काठमाडौं – काठमाडौं महानगरपालिका–२६ स्थित म्हैपीमा नगद र गहना सहित ४ लाख बराबरको चोरी भएको छ ।

डेरा गरी बस्ने तनहुँ भानु नगरपालिका–९ घर भएका विनोद लैदारीको कोठाबाट कोही नभएको मौकामा चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

डेराबाट ३ तोला बराबरको सुनको विभिन्न गहना र नगद ५० हजार नगद चोरी भएको छ । चोरीमा संलग्न आरोपीको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया