१३ चिकित्सकलाई गुजारा चलाउन मुस्किल, तलब माग्न पुगे मन्त्रालय


काठमाडौं-  तीन महिनादेखि पारिश्रमिक नपाएपछि जिल्ला अस्पताल सिन्धुलीमा कार्यरत १३ जना चिकित्सक स्वास्थ्य मन्त्रालय पुगेका छन् ।

शुक्रबार १३ जना करारका चिकित्सकले पारिश्रमिक माग गर्दै स्वास्थ्य मन्त्रालयमा पत्र बुझाएका हुन् ।

छात्रवृत्तिमा पढेका ती १३ जना चिकित्सक चिकित्सकले गएको असोजदेखि पारिश्रमिक नपाएको जिल्ला अस्पताल सिन्धुलीका प्रमुख डाक्टर अभिषेक थपलियाले जानकारी दिए ।

जिल्ला अस्पतालमा कार्यरत डा. सविर कुमार खड्का, डा. सुजाता महर्जन, डा. रक्षा पाण्डे, ड. जयन्त चौधरी लगायतका १३ जना चिकित्सकले पारिश्रमिक माग गर्दै स्वास्थ्य मन्त्रालयमा पुगेर स्वास्थ्य सचिव डा।रोशन पोखरेललाई पत्र बुझाएका हुन्।

उनीहरुले पारिश्रमिक र चाडपर्व खर्च नपाउँदा जीवन गुजारामै समस्या सिर्जना भएको जनाएका छन् ।

प्रतिक्रिया