१८ घण्टादेखि वडा सदस्य लुईँटेलको शव सडकमै


चितवन – माडीको गर्दीमा हिजो साँझ दुर्घटनामा मृत्यु भएका वडा सदस्य जीवलाल लुईँटेलको शव अझै पनि घटनास्थलबाट उठाइएको छैन ।

हिजो शनिबार साँझ ६ बजे नम्बर नखुलेको ट्रयाक्टरले ठक्कर दिँदा वडा सदस्य लुईँटेलको निधन भएको थियो । उनका आफन्तले ठक्कर दिने साधनको नम्बर पत्ता नलगाएसम्म शव उठाउन नदिने अडान लिएपछि १८ घण्टादेखि शव सडकमै राखिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्त डिएसपी विजयराज पण्डितले मृतकका परिवारसँग छलफल गरि शव उठाउन सहमति गर्ने पहल गरिएको जानकारी दिए । यद्यपि ठक्कर दिने सवारी साधनको नम्बर पत्ता नलगाएसम्म आफन्तले शव उठाउन नदिएका उनले बताए ।

लुईँटेल माडी नगरपालिका २, का वडासदस्य हुन् । उनी हिजो साँझ करिब ६ बजे माडी नगरपालिका–१ गर्दीमा दुर्घटनामा परेका थिए । ट्रयाक्टरले ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । लुइँटेल बा.प्र. ०३ ०४प ८९१७ नम्बरको मोटरसाइकलमा वनकट्टाबाट बरुवातर्फ आउँदै गरेका थिए ।

प्रतिक्रिया