९ वर्षीया बालिका करणी गर्ने १९ वर्षीय किशोरलाई जन्मकैदको सजाय


तनहुँ- जिल्ला अदालतले ९ वर्षीया बालिकालाई करणी गर्ने एक युवालाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले भानु नगरपालिका–१० का १९ वर्षीय सुदीप थापा मगरलाई जन्मकैदको फैसला सुनाएको हो ।

निजलाई ६ लाख जरिवाना र २० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला पनि भएको तनहुँ अदालतले जनाएको छ ।

प्रहरीले निजविरुद्ध २८ असोज २०७९ मा तनहुँ अदालतमा मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया