


बालेनलाई अदालतको धक्का, सुर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

ललितपुर – उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ।
शुक्रबार न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले रिटको अन्तिम टुंगो नलगेसम्म महानगरले मंसिर १२ गते जारी गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।
महानगरपालिकालाई विपक्षी बनाई श्रीराम टोवागो उद्योगले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।

