आपराधिक जालो च्यात्दै अपराध अनुसन्धान कार्यालय

काठमाडौं – उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले संगठीत रुपमा मौलाउँदै आएको अपराधको जालो च्यात्न थालेको छ ।

उपत्यका अनुसन्धान कार्यालयको कमाण्ड एसएसपी सोमेन्द्र सिंह राठोरले सम्हालेसँगै कार्यालयले निर्मम तरिकाले संगठित अपराधको जालो च्यात्न सुरु गरेको हो ।

अपराध अनुसन्धानका लागि नेपाल प्रहरीकै उत्कृष्ट अधिकृतका रुपमा परिचित र लामो समयको अनुभव बटुलेका एसएसपी राठोरले उपत्यकामा भएका गुण्डागर्दी, लागूऔषध, सुन तस्करीदेखी मानव बेचबिखन जस्ता अपराधका मुद्दालाई पहिलो प्राथमिकतामा राखेर अनुसन्धानलाई तिब्रता दिन थालेका छन् ।

मानवतस्करीको समूहसँग मिलेर नक्कली कागजात बनाई भिजिट भिषामा विभिन्न मुलुकहरुमा कामदार पठाउने वायुसेवा निगमका अधिकृतका साथै कर्मचारीहरु, अध्यागमन विभागका अधिकृतसहित दर्जन बढी नक्कली कागजात तयार पार्ने कन्सल्टेन्सीका सञ्चालक र संलग्नलाई अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेरर लिएर आवश्यक कारवाहीको लागी काठमाडौैं परिसरको जिम्मा लगाइसकेको छ भने कतिपयलाई लगाउने तयारीमा रहेको छ ।

पछिल्लो समय प्रहरीको कमजोर कमाण्डले उपत्यकामा गुण्डागर्दी, लागूऔषधका कारोबारी, सुन तस्करी, मानब तस्करी, बैदेशिक रोजगारीको नाममा ठगी, अनलाईन जुवा जस्ता अपराध प्रहरीको टाउको दुखाईको बिषय बन्न पुगेको थियो । यी अपराधलाई नियन्त्रणमा लिई निस्तेज पार्न उपत्यका अपराध अनुसन्धान शाखाले निर्मम रुपमा प्रस्तुत हुने अनुसन्धान कार्यालका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठोरका पछिल्ला अपराध नियन्त्रणमुखी कार्यले पुष्टी गरेको छ ।

त्यसैगरी अपराध अनुसन्धान कार्यालयले संगठित रुपमै वर्षौंदेखी अवैध हतियार समेतको प्रयोग गरेर लागूऔषधको कारोबार गर्ने गिरोहलाई जसरी भए पनि नियन्त्रणमा लिन थालेको छ ।

यसै साता पनि अनुसन्धान कार्यालयले ललितपुरको झम्सीखेलबाट उदयपुरका अविनाश राईलाई एक थान हतियार र ४ सय ९० ग्राम ‘आईस ड्रग’ नामक लागूऔषधसहित नियन्त्रणमा लिएको थियो । कार्यालयको टोलीले नियन्त्रणमा लिने क्रममा राईले प्रहरीमाथि आक्रमण गर्न लागेपछि राईको खुट्टामा गोली हानेर नियन्त्रणमा लिएको थियो ।

यसअघि कार्यालयको टोलीले केही महिना अगाडि गोठाटारबाट पनि एकजना लागूऔषध कारोबारी पक्राउ गरेको थियो ।

पछिल्लो समय प्रहरीको कमजोर कमाण्डले उपत्यकामा गुण्डागर्दी, लागूऔषधका कारोबारी, सुन तस्करी, मानब तस्करी, बैदेशिक रोजगारीको नाममा ठगी, अनलाईन जुवा जस्ता अपराध प्रहरीको टाउको दुखाईको बिषय बन्न पुगेको थियो । यी अपराधलाई नियन्त्रणमा लिई निस्तेज पार्न उपत्यका अपराध अनुसन्धान शाखाले निर्मम रुपमा प्रस्तुत हुने अनुसन्धान कार्यालका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठोरका पछिल्ला अपराध नियन्त्रणमुखी कार्यले पुष्टी गरेको छ ।

उनले विशेषगरी उपत्यकाको शान्ति सुरक्षालाई ध्यानमा राख्दै कार्यालयले अपरेशनहरु चलाउँदै आएको र आगामी दिनमा पनि उपत्यकाबासीलाई शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउने जिम्मा आफ्नो भएको जनाउँदै कार्यालयले सुरु गरेका अपराध अनुसन्धानका कार्यहरुलाई पूर्णता दिने समेत जनाए ।

प्रतिक्रिया