
हँसियाले हानेर महिलाको विभत्स हत्या, २ बाख्रा पनि काटिए
बैतडी – बैतडीमा एक महिलाको विभत्स हत्या गरिएको छ । सुर्नया गाउँपालिका–३ को बिजुल भन्ने ठाउँका अन्दाजी २९ वर्षीय तेजबहादुर चन्दले सोही ठाउँकी ५६ वर्षीया हरिना बिष्टको हत्या गरेका हुन् ।
मानसिक सन्तुलन ठीक नभएका चन्दले बिष्टको घरमै गएर मंगलबार दिउँसो धारिलो हतियार प्रयोग हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
घरमा महिला एक्लै भएको मौका छोपेका चन्दले ती महिलालाई लखेटेका थिए । त्यसपछि ती महिला घरभित्र पसेकी थिइन्। चन्दले सब्बलको प्रयोग गरी ढोका फोडेर भित्रै गई सब्बल र हसिया प्रयोग गरी हत्या गरको बताइएको छ ।
चन्दले २ बाख्रा पनि काटीदिएका छन् । अभियुक्त चन्दलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।



कागजपत्र |
