
भाग्न खोजेपछि झम्सीखेलमा लागुऔषध कारोबारी राईमाथि गोली प्रहार
काठमाडौं- ललितपुरको झम्सीखेलबाट एक जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । उदयपुर घर भएका ४५ वर्षका अविनाश राई पक्राउ परेका हुन् । उनको साथबाट आइस ड्रग ४९० ग्राम बरामद भएको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले जनाएको छ ।
टोलीले गोली प्रहार गरेर उनलाई पक्राउ गरेको थियो । खुट्टामा गोली लागेका राईलाई उपचारका लागि ट्रमा अस्पताल लगिएको छ । राईको साथबाट कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।



कागजपत्र |
