बझाङबाट बिरामी लिएर आएका एम्बुलेन्स चालक धनगढीमा चरेससहित पक्राउ


कैलाली- कैलालीको धनगढीमा झण्डै तीन किलो चरेससहित बझाङका एम्बुलेन्स चालक समातिएका छन् । आज (सोमबार) बझाङको रायल स्वास्थ्य केन्द्रको एम्बुलेन्सका चालक २ किलो ८ सय ग्राम चरेससहित समातिएका हुन् ।

बझाङबाट बिरामी ल्याएर धनगढी आएका एम्बुलेन्स चालक केदारस्यु गाउँपालिका ३ का ३७ वर्षीय रामबहादुर खातीबाट चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनलाई धनगढी ३ स्थित बोराडाडी क्षेत्रबाट सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी, संघिय प्रहरीको टिम, जिप्रका कैलाली र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले समातेको हो ।

प्रतिक्रिया