
साउथ अफ्रिका पठाइदिने भन्दै १७ लाख ठगी गर्ने अन्जेश पक्राउ
काठमाडौं- साउथ अफ्रिका पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको विर्तामोड नगरपालिका–४ घर भई काठमाडौंको गौरीघाट बस्ने १८ वर्षीय अन्जेश गिरी रहेका छन् ।
उनले दुई जनालाई वैदेशिक रोजगारीका लागि साउथ अफ्रिका पठाइदिने भनेर १७ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।
प्रतिव्यक्ति साढे ८ लाख रुपैयाँ लाग्ने र मासिक १ लाख २० हजार कमाई हुने आश्वासन दिएर १७ लाख पाएपछि सम्पर्कविहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।



कागजपत्र |
