

३५ वर्षीया महिलालाई होटलमा लगेर बलात्कार गरेको आरोपमा २२ वर्षीय युवक पक्राउ

झापा- २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बिहीबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापा गाउँपालिका–४ बस्ने २२ वर्षीय जसवन्त कुमार गणेश रहेका छन् ।
गणेशले ती महिलालाई विर्तामोड नगरपालिका–५ शनिश्चरे रोडस्थित मुन लाईट होटलमा पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो ।
उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

