

जुवातास खेलिरहेका १४ पक्राउ

काठमाडौँ – काठमाडौँका विभिन्न स्थानबाट जुवातास खेलिरहेका १४ जना पक्राउ परेका छन् ।
टोखा नगरपालिका-३ भत्केको पुलस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तार्केश्वर नगरपालिका-७ बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-१२ घर भएका ५५ वर्षीय अच्युत सिलवाल समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार ५ सय ९५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी, काठमाडौँ महानगरपालिका-३ महाराजगंजस्थित टिनको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ चक्रपथ बस्ने काभ्रे घर भएका ६० वर्षीय ओम कृष्ण श्रेष्ठ समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ५ सय ६० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

