उपभोक्ता ठग्ने उपत्यकाका तीन पसललाई जरिवाना


काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन पसललाई २० हजार जरिवाना गरेको छ । विभिन्न बहानामा उपभोक्ता ठग्ने उपत्यकाका तीन पसललाई कारबाही गरेको विभागले जानकारी दिएको छ ।

विभागले आइतबार उपत्यकाका १४ व्यापारिक फर्ममा अनुगमन गरेको थियो । अनुगमनका क्रममा सिनामंगलकै इलेक्ट्रिक पसललाई १० हजार, भिमसेनगोलाको खाद्यवस्तु पसललाई ५ हजार र काठमाडौँको अन्य पसललाई ५ हजार रुपैयाँ जरिवाना तिराइएको जनाइएको छ ।

तीन वटै पसलले खरिद बिलबिजक राख्नुपर्नेमा नराखेको पाइएको विभागले जनाएको छ ।

प्रतिक्रिया