हुम्लाको सदरमुकाममा हिमपात, जनजीवन प्रभावित


हुम्ला- हुम्लाको सदरमुकाम सिमकोटमा पहिलो हिमपात भएको छ। सोमबार बिहानैबाट हिमपात भइरहेको हो।

अहिले त्यहाँ एक इन्च हिउँ जमिनमा जमेको छ । चिसो बढेर तापक्रम माइनस तीन डिग्री सेल्सियसमा झरेको स्थानीयले बताएका छन् ।

हिमपातसँगै बाक्लो कुहिरो लागेका कारण हवाई सेवा समेत अवरुद्ध भएको छ।

 

प्रतिक्रिया