

धादिङमा श्रीमतीको हत्या आरोपमा बलयकोटी पक्राउ

काठमाडौं- धादिङमा श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धुनीबेँसी नगरपालिका–१, डुम्रेचौरका २७ वर्षीय रामचन्द्र बयलकोटी छन्।
आइतबार दिउँसो बयलकोटीले आफ्नी श्रीमती २० वर्षीया पवित्रामाथि धारिलो हतियार प्रहार गरेका थिए। घटनास्थलमै पवित्राको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उनको शव आइतबारै राति पोस्टमार्टमका निम्ति काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो।
हत्यापपछि फरार रहेका बलयकोटीलाई राति धुनीबेँसी–७ खानीखोलाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

