


डडेल्धुरामा माछा व्यापारी मृत फेला

डडेल्धुरा- डडेल्धुरा बसपार्क नजिक एक माछा व्यापारी मृत फेला परेका छन् । बगरकोट रोडमा रहेको अजयमेरु फ्रेस हाउसका संचालक ३५ वर्षीय शेर शाहु मृत फेला परेका हुन् ।
फ्रेस हाउसको तल्लो तलामा उनको डेरा रहेको र शाहु आफ्नै डेरामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीले जानकारी दिए ।
घटनाको थप अनुसन्धान भइरहेको र आफन्त आएपछि मुचुल्का उठाउने तयारी रहेको डिएसपी कार्कीले बताए । मृत फेला परेका शाहुको घर अजयमेरु गाउँपालिका वडा नम्बर ३ चनाली हो ।

