डा. नेम्वाङको रिसर्च टिमलाई ४ करोडको अवार्ड


काठमाडौं – अमेरिकस्थित ह्युस्टन विश्वविद्यालयका प्रोफेसर डा. तेज नेम्वाङको रिसर्च टिमले अवार्ड पाएका छन् ।

अन्तरिक्षमा प्रयोग हुने पदार्थ तथा अन्तरिक्ष यात्रीमा सन्तुलित रुपमा हुनुपर्ने सुक्ष्म जीवाणुको अन्वेषणको लागि ह्युस्टन विश्वविद्यालयका प्रोफेसर डा. नेम्वाङको टोलीलाई नासाले ३ लाख अमेरिकी डलर (नेपाली ४ करोड) रुपैयाँको अवार्ड प्रदान गरेको हो ।

उनले आफु र टीमले नासाबाट उक्त अवार्ड पाएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । साथै उनले यस टिमको सह–अन्वेशकको रुपमा काम गर्न पाउँदा खुशी लागेको पनि बताएका छन् ।

प्रतिक्रिया