इजरायलयसँगको युद्धमा चार शीर्ष कमाण्डर मारिएको हमासकाे पुष्टि


एजेन्सी – इजरायलयसँगको युद्धमा आफ्ना चार शीर्ष कमाण्डरको मृत्यु भएको हमासले पुष्टि गरेको छ ।

हमासले उत्तरी गाजा ब्रिगेडका कमाण्डर अहमद अल घन्डौर पनि मारिएको बताएको हो ।

यद्यपि हमासले यी कमाण्डरहरू कहिले र कसरी मारिए भन्नेबारे केही केहिा उल्लखे गरिएको छैन ।

गत अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा १२ सयभन्दा बढी इजरायली मारिएका थिए ।

इजरायलको जवाफी हमलामा हालसम्म १४ हजार ८ सयभन्दा बढी प्यालेस्टाइनी मारिएका छन्, जसमध्ये ४० प्रतिशत बालबालिका रहेको बताइन्छ ।

प्रतिक्रिया