
४० करोड रकम हिनामिना गरेको आरोपमा अम्बे सहकारीका अध्यक्ष पक्राउ
विराटनगर – बचतकर्ताहरूको करिब ४० करोड बचत रकम अपचलन गरेको आरोपमा इटहरीको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित पाँच जना सञ्चालक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार संस्थाका अध्यक्ष फणीन्द्र मगर सहित शिला गजमेर, राहुल अग्रवाल र कुमार आले पक्राउ परेका छन् । पक्राउ परेका एक जनाको नाम प्रहरीले खुलाएको छैन । गएको साउनदेखि अम्बेले बचतकर्ताले रकम फिर्ता पाउन सकेका छैनन् ।
बचतकर्ताहरूको करिब ४० करोड बचत रकम फिर्ता गर्न नसकेपछि पीडितहरूले जिल्ला प्रशासन कार्यालय सुनसरी उजुरी दिएका थिए ।
उजुरी दिएपछि पटक पटक बचतकर्तासँग वार्ता भएको थियो । बचतकर्ताको पैसा फिर्ता गर्ने सहमति भएपनि रकम फिर्ता गर्न नसकेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ठगी प्रकरणको प्रारम्भिक अनुसन्धान सुरु भैसकेको र पक्राउ परेकाहरूको बयानका आधारमा थप व्यक्ति पनि पक्राउ पर्न सक्ने सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।



कागजपत्र |
