१८ लाख बढि नगदसहित तीन हुण्डि कारोबारी प्रहरी नियन्त्रणमा


काठमाडौँ – प्रहरीले पौने १८ लाख ७८ हजार नगदसहित तीन जना हुण्डि कारोबारी पक्राउ गरेको छ ।

आइतबार काठमाडौँको कुशेश्वरस्थित कुलेश्वर फलफूल बजारमा हुण्डिको कारोबार गरिरहेको अवस्थामा १८ लाख ७८ हजार नगदसहित तीन जनालाई महानगरीय प्रहरी वृत्त कालीमाटीको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–१३ घर भई कुशेश्वरस्थित कान्तिपुर कोलोनीमा बस्ने ३७ वर्षीय फलफूल पसल सञ्चालक नवराज कार्की, नुवाकोटको दुप्चेश्वर–६ घर भई तारकेश्वर नगरपालिका–१० बस्ने नवराज कार्कीको पसलमा काम गर्ने २४ वर्षीय कामदार सुमन थापा र भारत विहार घर भई कुलेश्वर बस्ने ५६ वर्षीय सत्य नारायण प्रसाद रहेका छन् ।

निज तीनै जनालाई उक्त रकमसहित नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता तथा प्रहरी उपरीक्षक उमेश कुमार बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया