
भरतपुर मेयर रेणु दाहालको बदनाम गर्ने रास्वपाका दुई कार्यकर्ता पक्राउ
चितवन — भरतपुर महानगर प्रमुखको बदनाम गर्ने दुई जना पक्राउ परेका छन । सामाजिक सञ्जालमर्फत् भरतपुर मेयर रेनु दाहालको बदनाम गर्न चितवन रत्ननगर नगरपालिकाका शिव शर्मा र भरतपुर महानगरपालिका वडा नं. ७ का उपेन्द देवकोटालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरू दुवैलाई गए राति आ–आफ्नै घरबाट नियन्त्रणमा लिइएको चितवन प्रहरी स्रोतले जनाएको छ ।
शर्माले मेयर दाहाल र पत्रकार सन्तोष देउजाको तस्बिर तोडमोड गरी सामाजिक सञ्जाल मार्फत बदनाम गर्ने किसिमको पोष्ट गरेका थिए भने देवकोटाले सोही पोष्टलाई सेयर गरेका थिए ।
मेयरसँग जोडेर बदनाम गर्न खोजेको भन्दै पत्रकार देउजाले उजुरी दिएपछि प्रहरीले राती नै पक्राउ गरेको हो ।
उनीहरु दुवै जना राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता रहेको बुझिएको छ ।



कागजपत्र |
