इजरायल र हमास सहमतिः पहिलो चरणमा हमास नियन्त्रणमा रहेका ५० रिहा हुने


काठमाडौं – इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच सहमति भएको छ । इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति भएको हो । यो जानकारी इजरायलको प्रधानमन्त्री कार्यालयले दिएको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयले भनेको छ, ‘इजरायल सरकार सबै बन्धकहरुलाई घर फर्काउनका लागि प्रतिबद्ध छ । यो उद्देश्य पूरा गर्नका लागि पहिलो चरणको रुपरेखालाई आज सरकारले मन्जुरी दिएको छ । यसअनुसार ५० बन्धक (महिला र बच्चासमेत) चार दिनभित्र रिहा हुनेछन् । यसक्रममा लडाइ रोकिने छ ।’

बन्धक बनाइएकाहरुलाई रिहा गरिसकेपछि भने हमासलाई सफाया गर्ने सैन्य अभियान फेरि सुरु हुने इजरायलले जनाएको छ ।

कतार र इजिप्टको पहलमा युद्धविरामको सहमति भएको जनाइएको छ । हमासले मानवीय सहायताका लागि युद्ध विराममा सहमति भएको जनाएको हो ।

प्रतिक्रिया