क्यासिनो बन्द भए पनि ‘वान एक्स’ले घर–घरबाटै खेलाउँछ करोडौंको जुवा, प्रशासन किन ट्वाँ?


काठमाडौं– कोरोना महामारी सुरु भएदेखि नेपालका सबै क्यासिनो बन्द भए पनि घरबाटै दैनिक करोडौंको जुवा खेलाउने गरेको खुलेको छ। अनलाइनका माध्यमबाट अवैध तरिकाले यसरी करोडौं रकम जुवामा लागिरहे पनि प्रशासन भने बेखबर रहेको छ।

कोरोना महामारीपछि पर्यटन क्षेत्र अहिले टिकाउन गाह्रो छ। लक डाउनदेखि थला परेको क्यासिनो व्यापार भने आजसम्म उठ्न सकेको छैन । बिदेशी पर्यटकको आगमन नभएको कारण क्यासिनो खुल्ने अबस्था नहुँदा अनलाइनका माध्यमबाट अवैध जुवा खेलाउने गरेको पाइएको हो।

ईन्टरनेटको माध्यमबाट खेलाईने उक्त जुवा राज्यले चाहेको खण्डमा तत्काल बन्द गर्र्न सक्छ । बन्द नर्गनाको कारण ठूलै सेटिङ भएको दाबी गरिन्छ।

पछिल्लो समय नेपालमा (वान एक्स बेट) नामक एक साईटले खुल्ला रुपमा अनलाईन जुवा र सट्टेबाजी गराउँदै आएको छ । ईन्टरनेटबाट हुने अबैध तथा गैरकानुनी  गतिबिधी रोकथाम गर्न पछिल्लो समय नेपाल प्रहरीले साईबर व्यूरो नै स्थापना गरे पनि निष्प्रभावी देखिएको हो।

कानुनद्वारा निर्दिष्ट राष्ट्रिय तथा बाह्यक्षेत्र अधिकार भएका साइबर कसुरको अनुसन्धान अध्ययन, सूचना विष्लेषण गरी साइबर अपराध अनुसन्धानमा राष्ट्रिय एवम् अन्तराष्ट्रिय निकाय, संघ संस्थाहरूसँग समन्वय सहकार्य गर्नुपर्ने साईबर व्यूरो सामान्य केटा केटीका उजुरीका मुद्दा हेर्र्दै दिन कटाउने गरेको छ।

दैनिक करोडौं रुपैयाँको कारोबार हुने अबैध जुवा अखडा रोक्न ईन्टरनेटबाट हुने अपराधको रोकथाम गर्ने जिम्मा पाएको साईबर व्यूरो पनि कानमा तेल हालेर बसेको कारण यस्ता अपराध फस्टाएका हुन् ।

यस्ता अपराधमा सरल र सहजताको लागि ईन्टरनेट बैंकिङ सेवाको सुबिधाको व्यापक  दुरुपयोग भएको पाईएको छ। सट्टेबाजीको धन्दा चलाउँदै आएका गिरोहदेखि अनलाईन ब्यापारको नाममा समेत बैंकिङ सेवा सुबिधा ठगी धन्दामा प्रयोग हुन थालेका प्रमाणहरु भेटिन थालेका छन् । जसका कारण यस्ता सेवा प्रदायक कम्पनीको सेवा सुबिधामाथि नै प्रश्न खडा हुन थालेको हो।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा हुने सट्टेबाजी धन्दा होस् वा क्यासिनोमा हुने अनलाईन जुवा तथा टोलटोलमा खेलाईनी जुवा अखडामा हार जितको पैसा रकमान्तर गर्न ईन्टरनेट बैंकिङ सेवाको दुरुपयोग हुने गरेको छ।

ईन्टरनेट बैंकिङ सेवा मध्ये सबैभन्दा बढी प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी सहल्कार असगर अलीको ई–सेवा आपराधिक गिरोहले बढी दुरुपयोग गरेका तथ्यांक फेला परेका छन्।

ई–सेवाका एकाउण्ट होल्डरलाई १३ प्रतिशत कमिशन दिएर (वान एक्स बेट) नामक एक साईडले अनलाईन जुवा र सट्टेबाजीको रुपैंया ट्रान्सफर गर्दै आएको पनि पत्ता लागेको छ।

ति एकाउण्टबाट सट्टेबाजीको रकम हेरफेर भएको ई–सेवा नामक बैंकिङ कारोबार सञ्चालन गर्दै आएको ‘रिक्स म्यानेजमेन्ट एण्ड कम्पिलिन्स’ले कुनै कानुनी उपचार भने खोजेको छैन । जसको अध्यक्ष प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ अली हुन् ।

कम्पनीले वान एक्स बेटलाई चेतावनीयुक्त मेल गरेर ठूलै कमिशनको डिल गरेको स्रोत बताउँछ । अबैध धन्दाको बारेमा प्रहरीलाई जानकारी गराएर आपराधिक गिरोहलाई कानुनको दायरामा ल्याउन छाडी ‘रिक्स म्यानेजमेन्ट एण्ड कम्पिलिन्स’ ले वान एक्स बेटलाई लेखेको पत्रबाट बार्गेनिङ गरेको पुष्टि हुन्छ ।

‘रिक्स म्यानेजमेन्ट एण्ड कम्पिलिन्स’ ले उक्त साईटलाई पत्र लेख्दै कानुनी उपचारको धम्की दिएको छ । प्रधानमन्त्रीका सल्लाहकार जस्ता व्यक्तिले आपराधिक धन्दा चलाईरहेका गिरोहको बारेमा प्रमाण भटेपछि गोप्य रुपमा प्रहरीलाई जानकारी गराउनु पर्ने थियो । तर त्यसो नगरी कम्पनीले वान एक्स बेटलाई मेलमा भनेको छ, ‘ई–सेवाबाट हुँदै आएको बेटिङको कारोबार तत्काल नरोके कानुनी उपचार खोजिने छ ।’

बेटिङको पैसा ट्रान्सफर गरेको दाबी ई–सेवा आफंैले मेलमा प्रष्ट खुलासा गरेको छ।

स्रोतका अनुसार रसियाको दुई नम्बर आईएम प्रयोग गरेर नेपालमा वान एक्स बेटले लामो समयदेखि धन्दा चलाउँदै आएको छ । ७९२६७९७३४०२ नम्बर अमित कुमारको हो भने ७९२५९२६७८०५ रोशन श्रेष्ठको हो । यी व्यक्ति को हुन् र कहाँका हुन् भन्ने भने खुलेको छैन ।

यी दुईले अन्य नेपाली एजेन्टको नियुक्त गरेर अनलाइन जुवा र सट्टेबाजीको धन्दालाई तिव्रता दिएको पनि पाइएको छ। ई–सेवा एकाउण्ट भएका व्यक्तिलाई उसको एकाउण्टबाट कारोबार भएको रकमको १३ प्रतिशत कमिशन दिने लोभमा एजेन्ट बनाउने गरिएको छ।

बानेश्वरका सुदिप भन्ने व्यक्तिले आफूलाई नेपालको व्यवस्थापक भएको बताउँदै आएका छन्। उनले ९८५१०२४७६५ नम्बरको मोबाइल प्रयोग गरेर बेटिङको धन्दा चलाउँदै आएका छन्।

स्रोतका अनुसार दैनिक दश करोड भन्दा बढी रुपैंयाको कारोबर यस धन्दामा हुँदै आएको छ। जसमा ४० प्रतिशत अहिले यस्ता सेवा प्रदायक कम्पनीले सट्टेबाजीका गिरोहसँग मिलेर असुल्छन्। गिरोहले एक्स बेट’को साथै अहिले खल्तीको समेत दुरुपयोग गर्न थालेको प्रमाण फेला परेको छ।

प्रतिक्रिया