मुगु सामूहिक हत्याकाण्डः हत्या आरोपीलाई सार्वजनिक गर्दै प्रहरी


काठमाडौं – मुगु छायाँनाथको एकै परिवारका चार जनाको हत्या आरोपमा पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गर्ने भएको छ ।

घटना बाहिर आएको १३ दिनपछि पक्राउ परेका मुगु छायाँनाथ रारा नगरपालिकाका ३० वर्षीय गोरखबहादुर शाहीलाई प्रहरीले आज सार्वजनिक गर्न लागेको हो ।

घटनाको अनुसन्धानमा काठमाडौंबाट गएको सिआईबीको टोलीले उनलाई बुधबार सुर्खेतबाट पक्राउ गरेको जनाइएको छ । मृतकका आफन्त समेत रहेका शाहीसँगै हत्यामा अर्का एकजनाको पनि संलग्नता रहेको प्रहरीको अनुमान छ । यसबारे अनुसन्धान गरिरहेको स्रोत बताउँछ ।

कार्तिक १० मा मुगुको छायाँनाथ रारा नगरपालिका–६, मन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय मनोज, ९ वर्षीया अप्सरा र आठ महिनाका रहरको शव फेला परेको थियो ।

प्रतिक्रिया