फुटबलर राजवंशीसहित चारजना पक्राउ


काठमाडौं – प्रहरीले फुटबलर दिनेश राजवंशीसहित चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनीहरुलाई मंगलबार राति लैनचौरस्थित मल्ल होटल नजिकैबाट पक्राउ गरिएको हो ।

राजवंशीसहित उनका तीनजना साथीहरुलाई प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ ।

राजवंशी सहितको समूहलाई अभद्र व्यवहारको कसुरमा हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

नेपालको राष्ट्रिय टिमका पूर्व खेलाडी दिनेश अहिले अष्ट्रेलियामा बस्दै आएका छन् ।

प्रतिक्रिया