मुगुका एकै परिवारका चार जनाको हत्या आरोपमा एकजना पक्राउ


मुगु – मुगुमा १३ दिन सामूहिक हत्या गरिएका एकै परिवारको हत्याको आरोपमा एक जना पक्राउ परेका छन् ।

स्रोतका अनुसार मुगु छायानाथ रारा नगरपालिका घर भई हाल कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही पक्राउ परेका हुन्। यसमा उनीसँगै अन्य एक जनाको पनि संलग्न रहेको प्रहरीको अनुमान छ र यसबारे अनुसन्धान गरिरहेको जनाएको छ। स्रोतका अनुसार गोरखबहादुर मृतकका नातेदार पर्छन्।

कात्तिक १० गते बिहान साढे ९ बजे छायानाथ रारा नगरपालिका-६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र ५ महिने अर्का छोरा रहरको शव भेटिएको थियो।

 

प्रतिक्रिया