लुटपाटमा संलग्न ३ प्रहरीसहित ५ जना पुर्पक्षका लागि जेल चलान


काठमाडौं – नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक ९असई० सुनबहादुर तामाङसहित ५ जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

डाँका चोरी मुद्दामा पक्राउ परेका उनीहरूलाई बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश कपिलमणि गौतमको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

ठमेलबाट युवती लगेर लुटपाट गरेको आरोपमा सुनसरीको इटहरी उपमहानगरपालिका २५ तरहराका २८ वर्षीय मदन पुरी, इटहरी उपमहानगरपालिका १९ का २५ वर्षीय सन्तोष पुरी र तीन जना प्रहरी पक्राउ परेका थिए ।

प्रकाउ पर्ने प्रहरीमा सहायक हवल्दार ३३ वर्षीय खगराज अधिकारी, प्रहरी जवान २२ वर्षीय भुवन बराल र प्रहरी सहायक निरीक्षक ४३ वर्षीय सुनबहादुर तामाङ रहेका छन् ।

उनीहरूले आफूलाई कुटपिट गर्दै ४७ हजार ५ सय रुपैयाँ लुटपाट गरेको भन्दै कुमार रोकाले जाहेरी दिएका थिए । उनकै गाडीमा तीन जना युवती बोलाएको प्रतिवादीहरुमाथि आरोप छ । रोकाको जाहेरीपछि तीन जना प्रहरीलाई असोज २३ गते र दुई जनालाई २४ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया