जाजरकोटको राहत सामाग्री रुकुम ल्याएको समाचारमा सत्यता छैनः प्रशासन


काठमाडौं : जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जाजरकोटका लागि पठाइएको राहत सामग्री रुकुम पश्चिम पुर्याएको भन्ने समाचारका विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

सरकार र सामाजिक संघसस्थाले जाजरकोट पठाएका राहत सामग्री रुकुम पश्चिम आठविसकोट नगरपालिका पुर्‍याएर वितरण गरिएको भन्ने समाचार सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले विज्ञप्ति जारी गर्दै उक्त समाचारको खण्डन गरेको हो ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले समाचारमा उल्लेखित राहत सामग्रीको वितरण सम्बन्धमा यस कार्यालयमा कुनै पनि अभिलेख नरहेको बताएका छन् । साथै उनले उक्त समाचारमा कुनै सत्यता नरहेको जानकारी गराउँदै विपदको समयमा यस्ता भ्रम सिर्जना हुनेखालका कुनै पनि समाचार प्रशारण नगर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया