

पटाकासहित बुटवलबाट एक जना पक्राउ

बुटवल – साढे ३ लाख रुपैयाँ बराबरका पटाकासहित बुटवलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
३ लाख ३७ हजार ९ सय ८१ बराबरको पटाकासहित बुटवल-५ का २१ वर्षीय सुरज गुप्तालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
बिक्रीका लागि बुटवल-६ सुन्दरनगरमा सुरज गुप्ताको घरमा भण्डार गरेर राखिएको पटाका बरामद गरिएको प्रहरीको भनाइ छ ।

