नेपाललाई १४६ रनको लक्ष्य


काठमाडौं – आइसिसी टी-२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत नेपालले ओमानविरुद्ध जितका लागि १४६ रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १४५ बनाएपछि नेपालले १४६ रनको लक्ष्य पाएको हो ।

ओमानका लागि कप्तान विसन मक्सुदले ३२ रन बनाए भने प्रतिक अथाभालेले २५ रन बनाए । त्यस्तै नसिम खुशीले २५ रन बनाउँदा आयान खानले १८ रन बनाएका थिए ।

त्यस्तै ओपनर कश्यप प्रजापति ८ रनमा आउट हुँदा अकिब इलियास २ रनमा आउट भए ।

नेपालका लागि करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान २/२ तथा र अविनाश बोहोरा र गुल्सन झाले १/१ विकेट लिएका छन् ।

प्रतिक्रिया