नेपाललाई पहिलो झट्का, आशिफ ५ रनमा आउट


काठमाडौं – ओमानविरुद्धको खेलमा नेपाललाई पहिलो झट्का लागेको छ ।

१४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले दोस्रो ओभरको पहिलो बलमा नेपालका ओपनर आशिफ शेखलाई गुमाएको हो । आशिफ ५ रन बनाउँदै आउट भएका हुन् ।

आशिफ आउट भएपछि नेपालका सोमपाल कामी ब्याटिङका लागि आएका छन् । अहिले नेपालका कुशल भुर्तेल र सोमपाल कामीले ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया