

काभ्रेमा ‘ओभरलोड’ बोक्ने ट्रिपर कारवाहीमा

काभ्रे — जिल्ला प्रहरी कार्यालय काभ्रेले क्षमताभन्दा बढी लोड बोक्ने टिपरलाई कारबाही सुरु गरेको छ ।
पछिल्लो समय काभ्रेमा अधिकांश टिपरहरुले मापदण्डभन्दा बढी तौल बोक्ने गरेको पाइएकोले जिल्ला प्रहरी कार्यालयले कारबाही गर्दै आएकोमा पटकपटक उक्त कार्य गरिरहेका दर्जनभन्दा बढी टिपरहरुलाई नियन्त्रणमा लिइ कारबाही गरेको छ ।
पटकपटक सम्झाई बुझाई गर्दा पनि नमानेपछि नियन्त्रणमा नै लिएर कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयका एक अधिकृतले जनाए । पछिल्ला दिनमा दैनिक जसो ७०÷८० वटा ट्रिपरको ओभर लोड कटिङ गरि ट्राफिक कारवाही समेत गर्ने गरिएको पनि प्रहरीले जनाएको छ ।
पछिल्लो पटक प्रहरीले बा.५.ख ४५५, बा.प्र३–०१–००६ ख ०८०२, बा.प्र–०१–००३ क ९५२१,बा.५.ख३७१०, बा.४.ख ५१२४, ना.७.ख ३८२७, बा.३.ख९४३१, लु.२.ख३२८१, बा.५.ख २८०, बा.५.ख ३२४६, बाप्र ०१–००६ ख २५७९ र बा.४.ख ६०६६ नम्बरको टिपर कारबाहीमा परेको प्रहरीले जनाएको छ ।

