


भारतीले दिएको रिगलविरुद्धको मुद्दाको सुनुवाई सकियो, फैसला भोली ३ बजे

काठमाडौं — आममाफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ ।
रिगल भनिने योगराज ढकाललाई माफी दिने निर्णयबारे परेको रिटमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको पूर्ण इजलासमा रिट निवेदक र विपक्षी दुवैको बहस तथा निवेदकको जवाफ बहस समेत सकिएको हो ।
बहस सकिए पनि न्यायाधीशहरूको भोलि दिउँसो ३ बजे निर्णय सुनाउने भन्दै उठेको रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले बताए ।
उनका अनुसार भोलि ३ बजेपछि निर्णय सुनाउने भनेर दुवै पक्षका कानून व्यवसायीलाई इजलासले बोलाएको छ । राष्ट्रपति कार्यालयको निर्णयविरुद्ध चेतन मानन्धरकी पत्नी भारतीय शेर्पाले निवेदन दिएकी थिइन् । उनले निवेदनमा रिगललाई पुनः जेल पठाउनुपर्ने माग गर्दै निवेदन दिएकी हुन् ।

