गोठाटारमा चल्यो गोली, लागुऔषध कारोबारी प्रहरी नियन्त्रणमा


काठमाडौं – काठमाडौँको गोठाटारमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो।

भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई गोली हानेर नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए।

मोहम्मद करिमको साथबाट प्रहरीले एकथान पेस्तोल बरामद गरेको छ । त्यस्तै उनको साथबाट २ सय ग्राम खैरो हेरोइन जस्तो पदार्थ र तराजु फेला परेको छ।

प्रहरीले चलाएको एक राउण्ड गोली करिमको खुट्टामा लागेको एसपी रेग्मीले जानकारी दिए।

झापा घर भएका हर्क लिम्बूलाई पनि प्रहरीले घटनास्थलबाट नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया